आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रैथाने बिउको प्रयोग बढाउनुपर्छ : कृषिमन्त्री अधिकारी

बिहीबार, ०६ भदौ २०८१, १८ : ५७
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्थानीय तथा रैथाने जातको बिउ प्रयोग बढाउनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थिति अनुकूल रैथाने बिउ प्रयोग आवश्यक रहेको बताएका हुन् । 

उनले कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको सामना गर्दै खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताको लागि रैथाने जातका गुणस्तरीय बीउबीजनको प्रयोग र  विस्तारको आवश्यकतामा जोड दिए ।

गुणस्तरीय रैथाने बीउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिने उल्लेख गर्दे मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए । 

मन्त्री अधिकारीले  खाद्य तथा पोषण सुरक्षाको  सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै सरकारको पहिलो सर्त भएको धारणा राखे । 

बीउबिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत खाद्य सुरक्षा तथा आयात प्रतिस्थापन गर्नुपर्ने उनले बताए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बीउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप