शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
गौतमले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए । उनले जहाँ पनि कम्युनिस्ट—कांग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले राजनीतिक दलहरूले जनताको अधिकार अपहरण गरेको बताए । उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए ।
उनले भने, ‘ निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टा छुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ? भोलि फेरि निर्वाचन हुँदा जनताले आफ्नो उम्मेदवार कसरी निर्वाचित गर्ने ? जनताको अधिकार यसरी अपहरण गर्न पाइन्छ ? जनताको मानसिक शोषण यसरी गर्न पाइन्छ ? पाइँदैन ।’
सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म