श्रममन्त्रीसँग आईओएम र कोइकाका निर्देशकको भेटवार्ता
![श्रममन्त्रीसँग आईओएम र कोइकाका निर्देशकको भेटवार्ता](https://npcdn.ratopati.com/media/news/455240875_1590689385200089_5557282202210316102_n_rTs81rFJG7.jpg)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का निर्देशकसँग भेटवार्ता भएको छ । निर्देशक जोसेफ समुउल एप्पियाबीचले श्रममन्त्री भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालकाअनुसार भेटका क्रममा मन्त्री भण्डारीले नेपालबाट विदेशमा जाने श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । त्यसका लागि आईओएम जस्ता संस्थाले काम गर्नुपर्ने उनको धारणा थियो ।
सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा आन्तरिक तयारी भइरहेको उनले बताएका थिए । निर्देशक जोसेफले नेपाल सरकारको आप्रवासन नीति कार्यान्वयनमा आईओएम सधैँ सकारात्मक रहेको र सहयोगका लागि तत्पर रहेको बताएका थिए ।
त्यस्तै मन्त्री भण्डारीसँग कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) का देशीय निर्देशक किम ह्युयाङ क्यूले शिष्टाचार भेट गरेका छन् । भेटको क्रममा के–हामी परियोजनाको सहयोगका लागि निजी बैंकहरूसँग सहकार्य गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको सीप भएका नेपाली श्रमिक पठाउनका लागि सहकार्य गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु