बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा बेपत्ता नेपाली नर्सको खोजीकार्य जारी, शङ्काको घेरामा श्रीमान्

बिहीबार, ०६ भदौ २०८१, १७ : ३३
बिहीबार, ०६ भदौ २०८१

वासिङ्टन डिसी । अमेरिकाको भर्जिनियामा हप्तौँदेखि बेपत्ता भएकी नेपालकी नर्स भेटिएकी छैनन् । २८ वर्षकी ममता काफ्ले २३ दिनदेखि सम्पर्कविहीन भएकी हुन् । 

 ममता जुलाई ३१ देखि सम्पर्कविहीन भएकी हुन् । भर्जिनिया राज्यको मनासस पार्क प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै ममताको खोजीकार्य जारी रहेको बताएको छ । ममता अमेरिकामा श्रीमान् नरेश भट्ट र ११ महिनाकी छोरीका साथ बस्दै आएकी थिइन् ।

हराउनु अघि अन्तिम पटक ममतालाई उनकै पति नरेशले घरमा देखेका समाचारहरूमा उल्लेख छ । ममता काम गर्ने अस्पतालमा नआएपछि उनको सहकर्मीहरूले उनको खोजी गरेका थिए । ममता हराएको हो कि भनेर सोधपुछ गर्न २ अगस्टमा प्रहरी ममता बस्दै आएको घरमा पनि पुगेका थिए । तर त्यतिबेला नरेशले आफ्नी श्रीमती हराएको छैन भनेर भने ।

तर श्रीमती हराएको छैटौँ दिन अर्थात् अगस्ट ५ मा मात्र नरेश आफ्नी पत्नी हराएको उजुरी गर्न प्रहरीमा गए । प्रहरीले यस मामिलामा सन्दिग्धको नाम किटेको थिएन । तर बुधबार प्रहरीले ममता बेपत्ता भएको घटनामा उनकै श्रीमानलाई शङ्काको घेरामा बताएको छ । यस घटनामा सहयोग नगरेको भन्दै प्रहरीले नरेश भट्टलाई शङ्काको घेरामा राखेको मनसास पार्क सहरको प्रहरी प्रमुख मारियो लुगोले बताएका छन् ।

अनुसन्धानका क्रममा हालसम्म १० वटा सर्च वारेन्टहरू जारी गरिएको प्रहरीले बताएको छ । यस सन्दर्भमा कयौँ व्यक्तिहरूसँग सोधपुछ पनि भएको बताइएको छ । प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने कुनै जानकारी भएमा आफूहरूलाई दिन पनि आग्रह गरेको छ । ममताको सहकर्मी र स्थानीयहरूले पनि उनको खोजी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप