एक करोड २९ लाख रुपैयाँ बराबरका सामानसहित तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले एक करोड २९ लाख रुपैयाँ बराबरको बिल बिजकभन्दा फरक रहेको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको ट्रक र बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् ।
सापकोटाका अनुसार भदौ ५ गते राति ९ः४५ बजे जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना४ख ८८७५ नम्बरको ट्रकमा लोड भएको अन्दाजी ३३ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको किराना सामान, नरिवल, हार्डवेयरका सामान तथा अन्य खुद्रा सामान नियन्त्रणमा लिइएको हो ।
भदौ ५ गते नै राति ११ः३० बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ५९२६ नम्बरको ट्रकमा लोड भएको अन्दाजी २८ लाख ९५ हजार ७१३ रुपैयाँ बराबरको लेडिज सुट, वाटर प्रुफ ग्लु लगायतका खुद्रा सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै, भदौ ५ गते पथलैया चोकमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना३ख ७३४२ नम्बरको ट्रकमा लोड गरेको अन्दाजी ६६ लाख ९० हजार १३१ रुपैयाँ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पूजा सामग्रीसहित अन्य खुद्रा सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता