प्रदेश प्रमुख देवकोटाद्वारा विज्ञान प्रविधि नवप्रवर्तन विधेयक प्रमाणीकरण
![प्रदेश प्रमुख देवकोटाद्वारा विज्ञान प्रविधि नवप्रवर्तन विधेयक प्रमाणीकरण](https://npcdn.ratopati.com/media/news/dipak-devkota_44YyihLXfC.jpg)
हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
गत साउन १६ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटासमक्ष प्रमाणीकरणका लागि विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक पेस भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै उक्त विधेयकले ऐनको रूप लिनेछ । प्रदेश प्रमुख देवकोटाबाट प्रमाणीकरण भएको सो विधेयकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित गर्नेछ । प्रमाणित भएसँगै सो विधेयक विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१ को नाममा रहनेछ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गर्न उक्त ऐन निर्माण गरिएको हो । प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउन तथा प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले सो ऐन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो