संसद् बैठक
‘स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार प्रयासरत छ’
बिहीबार, ०६ भदौ २०८१, १६ : २९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल आयात गरेर अनुदानमा उपलब्ध गराउँदै आएको बताएका छन् । साथै उनले सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत रहेको जानकारी दिए ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद नैनकला थापाले मलबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हाल वार्षिक रूपमा कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउँदै आएको बताएका हुन् ।
‘नेपालमा मल कारखाना खोल्न विगतदेखि नै अध्ययनहरू हुँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अहिले पनि लगानी बोर्डले दुई वटा अध्ययन गरिरहेको छ । सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह