साफ यू–२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको अग्रता
बिहीबार, ०६ भदौ २०८१, १६ : १५
![साफ यू–२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको अग्रता](https://npcdn.ratopati.com/media/news/1724321306216_iqkNqsw8Go.jpg)
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमा बंगलादेशमाथि २–१ गोलको अग्रता लिएको हो ।
नेपालका लागि पहिलो हाफमा समिर तामाङ र निराजन धामीले एक–एक गोल गरेका छन् । भ्रमणकारी टोली बंगलादेशका लागि भने एकमात्र गोल मिरजुल इस्लामले गरेका हुन् ।
नेपाल र बंगलादेश दुबै टोली यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । बिहीबारको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
समूह ‘ए’ मा नेपाल र बंगलादेश दुबैको तीन–तीन अंक छ । उक्त समूहमा तेस्रो टोलीको रुपमा रहेको श्रीलंका भने दुई हारसँगै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म