कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयले दियो अर्को मौका प्रदान
![कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयले दियो अर्को मौका प्रदान](https://npcdn.ratopati.com/media/news/education-ministry-shiksha_wt6cDGBu94.jpg)
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । यसअघि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ।
उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए । नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो । शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ति मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन् । बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि आह्वान गरिएको हो ।
नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई भदौ २७ गतेभित्र सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आवेदन दिन भनेको हो ।
उक्त समयभित्र नवीकरण नहुने संस्थाहरूको अनुमति पत्र खारेज गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले नवीकरणका लागि आह्वान गरेकी थिइन । २०७३ सालदेखि नवीकरण हुन नसकेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरिएको थियो । जसमा मन्त्रालयमा दर्ता भएकामध्ये ५९८ ले नवीकरण गरेका थिएनन् । मन्त्रालयले उनीहरूलाई एक पटक नवीकरणका लागि मौका दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन