मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

कैलारीको कुन वडामा कति प्रभावित ?

बिहीबार, ०६ भदौ २०८१, १६ : ०३
बिहीबार, ०६ भदौ २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिका २ दिनदेखि डुबानमा रहेको छ । लगातारको वर्षाले स्थानीय नदीहरूको बहाव बस्तीमा पसेपछि डुबानमा परेको हो । 

९ वटा वडा रहेको कैलारीको वडा नं. २, ६ ९ बाहेक सबै वडाको अधिकांश क्षेत्र डुबानमा परेको छ । हालसम्म ४८९ घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार वडा नं १ को डम्मारा गाउँको १८ घर, हरिनगर चौधरी टोलको ३० घर, हरिनगर शिवटोलको ५ घर, हरिनगर डाँडा टोलको ८ घर, मनाउको १२ घर, विसनपुर र मझराको १५÷१५ घर डुबानमा परेको हो ।

त्यस्तै, वडा नं. ५ को पुरानो मनिकापुरको २९ घर, नयाँ मनिकापुरको १७ घर, बंगालीपुरको ३७ घर, पवेरा मण्डीको २२ घर, बन्दरगौरीको ५४ घर, सपना शिविरको ८ घर, नयाँ बैसपुरको ५ घर र गोबरैला दहितपुरको २ घर डुबान परेको अध्यक्ष चौधरीले रातोपाटीलाई बताए ।

वडा नं. ७ को भुइयाँफाँटाको २६ घर, बसन्ताको २१ घर, छटकपर बसन्ताको १५ घर, नारायणपुरको ८ घर डुबानमा परेको छ ।

वडा न ८ पुथ्वीपरको ३१ घर, दुधियाको २४ घर, भँगााहाको १४, पूर्व टेडीको २ घर डुबानमा परेको छ । वडा नं. ३ सुर्मीनालाको ३४ घर, खोनपुरको २ घर र मुडा १० घर डुबानमा परेको छ ।

वडा नं. ४ के गाउँको २५ घर डुबानमा परेको अध्यक्ष चौधरीले बताए । 

कैलाली गाउँपालिकाको पचासौँ घरधुरी विस्थापित हुन सक्ने बताइएको छ । धेरैले घर छोड्न नमानेपछि हालसम्म २९ जनालाई मात्रै वडा नं. ५ को वडा कार्यालय सारिएको बताइएको छ । 

पालिका अध्यक्ष चौधरीले भने, ‘हिजैदेखि हामी सूचना जारी गरेका छौँ । सुरक्षित स्थानमा सार्न भनेका छौँ । खानेकुराको व्यवस्थापन पालिकाबाटै गर्ने भनेका छौ । तर प्रभावितहरू घर छोड्न मानिरहनुभएको छैन । उहाँहरूको घरमा बाढीले केही बाँकी राखेको छैन । तर उहाँ माछा मार्दैमा व्यस्त हुनुहुन्छ । घर छोड्न मान्नुभएको छैन ।’

बुधबार मात्रै एक जनालाई बाढीले बगाउँदै गरेको अवस्थामा उद्धार गरिएको थियो । वडा नं. ५ बैसपुरकी ४२ वर्षीय लोकमाया चौधरीलाई बाढीले बगाउँदै गरेको अवस्थामा उद्धार गरिएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

तर क्षतिको विवरण भने आउन बाँकी रहेको पालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप