बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कोराला सीमामा छिटो भौतिक संरचना निर्माण गर्न सांसद भट्टचनले गराए सरकारको ध्यानाकर्षण

बिहीबार, ०६ भदौ २०८१, १५ : ५३
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले कोराला सीमामा नेपालतर्फ भौतिक संरचना शून्य भएको भन्दै भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीहरूको लागि आवास सहितको भौतिक संरचना निर्माणको कार्य यथासक्दो चाँडो पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पर्यटकीय एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण कोरोला सीमाको कालीगण्डकी कोरिडोर सडक म्याग्दीदेखि कोरोलामा आवश्यक बजेट उपलब्ध गराई सडक कालोपत्रे र पुलहरूको निर्माणका लागि समेत ध्यानाकर्षण गराए । 

यसैगरी देशव्यापी रूपमा अविरल वर्षाका कारण बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. ९ र १० मा मात्र १२५ जना विस्थापित भएका भएको उनले बताए । पहिरोमा परी हालसम्म ११ जनाको मृत्यु भएको र१ जनाको अवस्था अझै अज्ञात रहेको उल्लेख गर्दै उनले अविलम्ब बिरामीहरूको उपचार र विस्थापित ३५ परिवारहरूको घरबासको लागि रकम उपलब्ध गराउन सरकारसँग अनुरोध गरे । 

यस्तै उनले मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ छुसाङ अन्तर्गतका सम्पूर्ण भू–भागहरु र वडा नं. ५ को साङ्ता गाउँलाई प्रतिबन्धित क्षेत्रको रूपमा समावेश गरिएको भन्दै उनले  ती गाउँलाई प्रतिबन्धित क्षेत्र फुकुवा गरी खुला क्षेत्र गर्नका लागि आग्रह गरे । त्यसका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस समेत भइसकेको भन्दै उनले गृह मन्त्रालयबाट छिटो छरितो फुकुवाको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप