भ्रष्टाचार नियन्त्रण सरकारको मौखिक प्रतिबद्धता मात्र होइन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताएका हुन् ।
‘हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा लागेका छौँ र छोटो परिणाम देखिन थालेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘गतवर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि भएको छ ।’
उनले घरजग्गा कारोबार वृद्धि हुँदै गएको, पुँजिबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए ।उनले भने, ‘राष्ट्रका घोषित नीतिहरूको उद्देश्य पुरा गर्न यो सकारात्मक संकेत हो । यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादित जगाउँदै जानेछ ।’ भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको नीति मौखिक प्रतिबद्धता मात्र नभएर व्यवहारमै उतार्ने र त्यसका लागि सवै निकायसँग समन्वय र सहकार्य गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म