सेप्टेम्बरमा फेडले ब्याजदर घटाउने सङ्केत

वाशिङ्टन डिसी । आगामी महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’ले ब्याजदर कटौती गर्न सक्ने देखिएको छ ।
फेडको अधिकारीहरू जुलाईको नीतिगत समितिको बैठकमा लामो समयदेखि पर्खिएको ब्याजदर कटौती नजिक पुगेको ठानिएको थियो ।
तर त्यतिबेला ब्याजदर घटेन । बुधबार सार्वजनिक भएको फेडको जुलाई ३०–३१ को बैठकको माइन्यूटले सेप्टेम्बरमा ब्याजदर कटौतीको सम्भावना उच्च भएको औँल्याएको छ । समितिका कयौँ सदस्यहरूले आर्थिक तथ्यांक अपेक्षा गरेअनुसार आइरहे भने आगामी बैठकमा मौद्रिक नीति खुकुलो पार्न उचित रहने भनेका छन् ।
सेप्टेम्बरमा फेडले ब्याजदर पक्का घटाउनेमा लगानीकर्ता र विश्लेषक तथा विज्ञहरू पनि ढुक्क छन् । साँच्चै यस्तो भयो भने कोभिड सङ्कटको शुरुआती दिनयता आकस्मिक रूपमा ब्याजदर घटाइएयता अमेरिकामा पहिलो पटक ब्याजदर कटौती हुनेछ ।
मुद्रास्फीति नियन्त्रणमा पछिल्लो समय भएको प्रगति र बढ्दो बेरोजगारी दरले आगामी बैठकमा २५ आधार बिन्दुले ब्याजदर घटाउने ठाउँ दिएको बैठकमा कयौँ सहभागीहरूको ठम्याइ रहेको माइन्यूटले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाअध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’