नेपाल क्लियरिङ हाउस र फोनपेलाई भ्याट छुटको दायराबाट किन हटाइयो : सांसद गौतम
![नेपाल क्लियरिङ हाउस र फोनपेलाई भ्याट छुटको दायराबाट किन हटाइयो : सांसद गौतम](https://npcdn.ratopati.com/media/news/pratima-gautam_i039WEwDjT.jpg)
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले सरकारले नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट किन हटाएको भन्दै प्रश्न उठाएकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसको भार सेवाग्राहीलाई परेको र डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छूट हटाइदिएका कारण डिजिटल ट्रान्जेक्सन महँगो भएको बताइन् ।
‘नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयाँ शुल्क साथै १३ प्रतिशत भ्याट लगाइरहेको छ, जसले बैंकहरू र उपभोक्ताहरूको लागि लागत बढाउँदैछ‚’ उनले भनिन्‚‘फोनपे जस्तै पेमेन्ट नेर्टवर्क र ईसेवा तथा खल्ती जस्ता प्रमुख डिजिटल वालेटहरुबाट हुने कारोबारमा अतिरिक्त शुल्क लगाउन सुरु गरेका छन् ।’
उनले पहिले निःशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याट अन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दै गएको बताइन् ।
उनले डिजिटल नेपाल फेमर्वकसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकोनोमीको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण
-
‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’
-
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथाम गर्न सकिन्छ : मुख्यमन्त्री सिंह
-
पाइप फुटेपछि जलमग्न बन्यो बबरमहल, तस्बिरहरू
-
नयाँ प्रतिभा तान्न कम्पनीले दियो निःशुल्क रक्सी र ह्याङओभर बिदाको अफर
-
सकियो ‘सोल्टिनी’को छायाङ्कन