सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क नहोस्‚ बिचौलियाको प्रभावमा छ : सांसद शर्मा
बिहीबार, ०६ भदौ २०८१, १४ : ४१

काठमाडौँ । सांसद नारायणी शर्माले सेयर बजारमा अहिले उकालो यात्रा देखिए पनि यसले सर्वसाधारण जनताको जीवनमा कुनै प्रभाव नपारेको बताएकी छन् । सांसद शर्माले सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था नरहेको बताइन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको मात्र पहुँच भएको बताइन् ।
‘शेयर बजारमा उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस् । आम सर्वसाधारण भन्दा बिचौलियाको पहुँच छ । यसले सर्वसाधारणको जीवनमा प्रभाव पारको छैन‚’ उनले भनिन् ।
सांसद शर्माले बिचौलिया खुसी बनाउने र सरकारले आफ्नो आयु बढाउन खोजेको जनगुनासो रहेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह