भ्रष्टाचारको मुद्दामा रविले भने– नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन् ।
उनले भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरू आएका छन् , धेरैजसो युवाहरूले फोन गरेका छन् , उनीहरूको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिङ्गो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’
साथै उनले दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै पक्राउ गरेको विषय सह्य नहुने बताए । उनले दलितहरूले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
-
आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ
-
पाल्पामा सुन ठगी गर्ने चार जना पक्राउ
-
क्यान टुक्र्याउने विधेयक संसद्मा दर्ता हुँदै, हट्ला ईयूको कालोसूचीबाट ?
-
एमालेकै सांसदले मागे लेखा समिति सभापतिको जवाफ
-
पासपोर्ट आयातमा ८८ करोडभन्दा बढी रकम बाहिरियो