कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा

काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कर्जा सुविधा उपलब्ध बनाउने भएको छ ।
इसेवा प्रयोगकर्ताहरूले बिना कुनै धितो क्षणभरमै रु. २ लाखसम्मको व्यावसायिक कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कुमारी बैंक लिमिटेड र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई ‘इजी लोन’ नाम दिइएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा छिट्टै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले जानकारी दिए । खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने समेत बताए ।
इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम ह्यासट्याग बियोन्डपेमेन्ट्सको पनि सुरुवात गरेको जनाएको छ ।
हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवाले अब प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन