‘बङ्गलादेशमा बाढी भारतले गर्दा आएको होइन’

नयाँ दिल्ली । बङ्गलादेशमा हालै भीषण बाढी आएको छ । बाढीका कारण देशका आठ जिल्लामा ३० लाखभन्दा धेरै मानिसको बिचल्ली भएको त्यहाँको अङ्ग्रेजी पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा प्रकाशित समाचारमा भनिएको छ । भारतले बाँधको पानी छोडेकोले बाढीको प्रकोप बढेको बङ्गलादेशी सङ्गठनहरूले आरोप लगाइरहँदा भारतीय विदेश मन्त्रालयले त्यो दाबीलाई अस्वीकार गरेको छ ।
त्रिपुराको दम्बुर जलविद्युत आयोजनाको बाँध खोलिएपछि बङ्गलादेशमा बाढी आएको यी सङ्गठनको दाबी छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा आएको बाढीप्रति चिन्ता व्यक्त गरेको छ । त्रिपुराको गुमती नदीमा रहेको दम्बुर बाँध खोलिएपछि बङ्गलादेशमा बाढीको प्रकोप बढेको कुरा पूरै सत्य नभएको विज्ञप्तिमा जनाइएको छ ।
‘भारत र बंगलादेश हुँदै बग्ने गुमती नदीको तटीय क्षेत्रमा यसवर्ष भारी वर्षा भएको छ । बङ्गलादेशमा बाढी यी क्षेत्रबाट बग्ने पानीका कारण आएको हो’ विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भनेको छ ।
त्रिपुरा दम्बुर बाँध बंगलादेशको सिमानाबाट १२० किलोमिटर टाढा रहेको परराष्ट्र मन्त्रालयले भनेको छ । यो सानो उचाइमा रहेको बाँध हो । यहाँबाट बङ्गलादेशलाई ४० मेगावाट बिजुली पनि आपूर्ति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन