बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

बिहीबार, ०६ भदौ २०८१, १२ : २८
बिहीबार, ०६ भदौ २०८१

वासिङ्टन डीसी । अमेरिकाले एक चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप लगाएको छ । अमेरिकी वकिलहरूले अमेरिकामा बस्दै आएका ६७ वर्षीय चिनियाँ नागरिक युआनजुं टांगविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । उनलाई चीनको गुप्तचर एजेन्सीको जासुस भएर काम गरेको आरोप लागेको छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार टांगलाई बुधवार न्यूयोर्कबाट पक्राउ गरिएको हो । उनीमाथि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ । ‘टांगलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ’ बुधवार जारी गरिएको एक विज्ञप्तिमा न्याय मन्त्रालयले भनेको छ ।

इ–मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप टांगमाथि लागेको छ । उनले लगातार चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीबाट निर्देशनहरू पाइरहेको पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप