बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी रद्द

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।
कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ ।
बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ ।
बंगलादेशको मुख्य विपक्षी दल ‘बीएनपी’ले हसिनालाई प्रत्यर्पण गर्न भारतसँग माग गरेको छ । यिनै परिस्थितिलाई ध्यानमा राख्दै बंगलादेशको अन्तरिम सरकारले उनीसहित उनको कार्यकालमा संसदमा प्रतिनिधित्व गरेका कयौँ नेताको कूटनीतिक राहदानी रद्द गर्ने निर्णय गरेको जानकार बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक