हेटौँडास्थित रङ्गशालामा पूर्वाधार निर्माणको काम धमाधम
मकवानपुर । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । रङ्गशालामा फुटबलसँगै क्रिकेट र पौडीका पूर्वाधार निर्माण अघि बढाइएको हो ।
लामो समयसम्म अलपत्र परेको उक्त रङ्गशालामा बागमती प्रदेश सरकारले प्रदेशको गौरवको योजना अन्तर्गत खेल पूर्वाधार निर्माण अघि बढाएको हो ।
प्रदेश सरकारले सुरुवाती चरणमा फुटबल मैदान र एउटा प्यारापिट निर्माण अघि बढाएको थियो । फुटबल मैदान, प्यारापिट निर्माणका लागि २०७५ बाटै बजेट विनियोजन गर्दै आएकोमा हाल खेल्न मिल्ने मैदान र एक प्यारापिट निर्माण भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
उक्त मैदानका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गौरीटार रङ्गशालाभित्रै प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदानको काम अघि बढाएको छ । २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरी दुवै संरचना निर्माणको काम अघि बढाइएको छ ।
८ करोड ६३ लाख रुपैयाँको लागतमा पौडी पोखरी निर्माण भइरहेको छ । लागत अनुमानमध्ये ६ करोड १ लाख ७५ हजार रुपैयाँमा २०८० चैत ३० गते पीएम एचकेसी केभीके जेभीले ठेक्का सम्झौता गरेको छ । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी गत आर्थिक वर्षबाट काम अघि बढाइएको प्रदेश खेलकुद परिषदका इन्जिनियर निवेश बर्तौलाले बताए ।
ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पीएल एचकेसी जेभीले ठेक्का सम्झौता गरेर काम ग
रिरहेको इन्जिनियर निवेश बर्तौलाले बताए ।
पोखरी निर्माणको काम २०८२ असार मसान्तसम्म सम्पन्न गरी सक्नुपर्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा ३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।
पोखरीमा भीआईपी प्यारापिट सहित २ वटा पोखरी निर्माण हुनेछ । २५-५० मिटरको कम्पिटिशन पुल (पोखरी) र २५-१० मिटरको ट्रेनिङ पुल (पोखरी)निर्माण हुने बर्तौलाको भनाइ छ । अन्य संरचना क्रमशः निर्माण गर्ने उनले बताए ।
५ वटा पिचसहितको क्रिकेट मैदान
ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पीएल एचकेसी जेभीले ठेक्का सम्झौता गरेर काम गरिरहेको इन्जिनियर बर्तौलाले बताए ।
गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेटबाट काम सुरु गरिएको उक्त रङ्गशाला निर्माणमा वित्तीय प्रगति ९५ प्रतिशत भएको उनले बताए । उनका अनुसार हाल ग्राउण्डको लेभलिङको काम भइरहेको छ । अधिकांश बजेट ग्राउण्ड निर्माणमै खर्च हुने उनको भनाइ छ ।
ग्राउण्डको लेभलिङपछि अण्डरग्राउड डेनिजको पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने त्यसको माथि विभिन्न लेयरमा ग्राभल, माटो बिछ्याउने काम हुने बर्तौलाले बताए । ग्राउण्डको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा ग्रास रहने जानकारी उनले दिए ।
केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रङ्गशाला) का रूपमा विकास गर्नेगरी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माण थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म सो रङ्गशाला निर्माणले गति लिन सकेको थिएन ।
अन्तर्राष्ट्रिय स्तरको सो क्रिकेट मैदानमा ६०० दर्शक क्षमताको एउटा प्यरापिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड, स्कोर बोर्ड, भीभीआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ ।
क्रिकेट मैदानमा ४ वटा ब्लकमा प्यारापिट निर्माण गर्ने योजना अनुसार डीपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको एक पिसको काम भइरहेको उनले बताए । डीपीआर तयारीका क्रममा सबै संरचना निर्माणका लागि ७५ करोड रुपैयाँ लागत अनुमान गरिए पनि समय लम्बिदै जाँदा १ अर्ब हाराहारीमा खर्च हुने उनको भनाइ छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रङ्गशाला) का रूपमा विकास गर्नेगरी तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माण थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म सो रङ्गशाला निर्माणले गति लिन सकेको थिएन ।
०६४ जेठ २८मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको गौरीटार रङ्गशालामा विभिन्न १९ वटा खेलकुद सम्बन्धी संरचना निर्माण गर्ने योजना अनुसार काम सुरु गरिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रङ्गशालामा फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने परिषद्को योजना थियो ।
समयमै काम सक्न दबाब बढाउँछौँ : मन्त्री महर्जन
प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले रङ्गशालाको सम्पूर्ण पूर्वाधार निर्माण तोकिएको समयमा सक्नेगरी अघि बढाउने बताए । उनले समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दबाब दिने बताए ।
खेलकुुद क्षेत्रमा हुने पूर्वाधार निर्माणको गतिरोध अन्त्य गर्न जरुरी रहेको भन्दै उनले खेलकुद पूर्वाधारमा राज्यका जिम्मेवार व्यक्तिको चासो कम पर्दा अलपत्र हुने गरेको बताए ।
आफू खेलकुद पूर्वाधार निर्माणका लागि हुने समस्याका बारेमा जानकार रहेकाले त्यस विषयलाई गम्भीर ढंगबाट अघि बढाउने उनको भनाइ छ । उनले खेलकुदमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा