मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

फुजी हिमाल हेर्न नदिन लगाइएको बार हटाइयो

बिहीबार, ०६ भदौ २०८१, १२ : ००
बिहीबार, ०६ भदौ २०८१

टोकियो । जापानको एउटा सहरले फुजी हिमालको दृश्यावलोकन गर्ने ठाउँमा लगाएको बार हटाएको छ । फुजी हिमालको बेसमा रहेको फुजिकावागुचिको सहर हिमालको सुन्दर दृश्यावलोकनका लागि चर्चित थियो । 

सहरको मुख्य सडकमा रहेको लसन कन्भेनियन्स स्टोरको बार्दलीबाट त हिमालको सुन्दर  दृश्य देखिन्थ्यो । यहाँ दृश्यावलोकन गर्ने र फोटो खिच्न आउनेको भिड थेग्नै नसक्ने हुन्थ्यो ।

इन्ष्टाग्राम र टिकटक हेरेर यहाँ आउनेको सङ्ख्या बढ्दो थियो । तर मान्छेको भिड बढेसँगै फोहोर गर्ने, नजिकै रहेका मान्छेको निजी घरजग्गामा घुस्ने, छतमा चढ्ने जस्ता गतिविधि बढ्न थालेको भन्दै स्थानीयहरूले गुनासो गर्न थालेपछि मेमा फुज कावागुचिको सहरले दृश्यावलोकन गर्ने ठाउँमा विशाल कालो जाली ठड्याएको थियो । जाली हालेपछि त्यहाँ फोटो खिच्न मान्छे आउने छाडेका थिए ।

तर अगष्ट १५ मा अधिकारीहरू चुपचाप सो बार हटाएका छन् । सुरुमा शक्तिशाली आँधीका कारण सो जाली अस्थायी रूपमा हटाइएको भनिएको थियो । अब भने सो जाली पुनः ठड्याउने कुनै समय सीमा नभएको फुजिकावागुचिकोका अधिकारीहरूले बताएका छन् । 

सुरक्षाकर्मीहरूलाई सो स्थानको गस्ती गर्न लगाइने बताइएको छ । स्थिति फेरियो र भिड थेग्न नसक्ने भएर असजिलो बढ्यो भने चाँहि जाली ठड्याउन सकिने सहरका एक काउन्सिलरले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप