नेविसंघले भन्यो– त्रिविमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइयो

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको बताएको छ । नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीहरूले त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सृजना गरी अफवाह फैलाएको भन्दै उक्त घटनालाई नेविसंघले नजिकबाट नियालिरहेको बताए ।
अमुक आयातित पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न यस्तो प्रपञ्च रचिएको नेविसंघको ठहर छ । विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतङ्क मच्चाउनु लज्जास्पद भएको बडैलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्ने त्रिविका पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो शिक्षामन्त्रीले उल्टै गलत सूचना सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा जनाइएको छ ।
विश्वविद्यालयभित्र कुनै पनि प्रकारको सुरक्षा चुनौती नभएको स्वयम् नेपाल प्रहरीले नै पुष्टि गरिसकेको जनाइएको र यस्तो अवस्थामा नैतिकताको आधारमा विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा किन नगर्ने ? भन्दै बडैलाले प्रश्न गरेका छन् ।
उपकुलपति प्राडा केशरजंग बराल विगत १५ दिनदेखि डेंगु सङ्क्रमणले घरबाटै विश्वविद्यालय सञ्चालन गर्ने तर असुरक्षाको आरोप नेविसंघलाई लगाउनु गलत भएको उनले जनाएका छन् ।
बिना प्रमाण नेविसंघलाई बदनाम गराउन उद्धत विश्वविद्यालय पदाधिकारीलाई अविलम्ब झुट्टा आरोप फिर्ता लिन उनले आग्रह गरेका छन् । त्यस्तो नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत नेविसंघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म