साउथ सुपरस्टार विजयले सार्वजनिक गरे आफ्नो पार्टीको झन्डा
![साउथ सुपरस्टार विजयले सार्वजनिक गरे आफ्नो पार्टीको झन्डा](https://npcdn.ratopati.com/media/news/capture_lQIB8CEajt.jpg)
नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार विजयले आफ्नो पार्टीको झन्डा र चिन्ह सार्वजनिक गरेका छन् । अभिनेता विजयले बिहीबार तमिलगा वेत्री कझगम (टीभीके)को कार्यालयमा पार्टीको आधिकारिक झन्डा र चिन्ह सार्वजनिक गरेका हुन् ।
जनताहरूले पार्टीको पहिलो राज्य सम्मेलनको प्रतिक्षा गरिरहेका छन् भन्ने आफूलाई थाहा भएको र यसको तयारी भइरहेको उनले सो अवसरमा बताए ।
छिटै आफूले पार्टीको पहिलो राज्य सम्मेलनको घोषणा गर्ने पनि उनले भनेका छन् । तमिलनाडुको विकासका लागि मिलेर काम गरिने उनको भनाइ छ । पार्टीको झन्डा अनावरण गर्नुअघि विजयले शपथ पनि पढेका थिए ।
बुधबार तमिलमा जारी प्रेस विज्ञप्तिमा अभिनेताले जनताको काम गर्नु एउटा ठूलो आशिर्वाद भएको बताएका थिए । अभिनेता केही महीना अघिमात्रै राजनीतिमा प्रवेश गरेका हुन् । गत फेब्रुअरीमा उनले आफ्नो पार्टीको नाम तमिलगा वेत्री कझगम राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति पुजारी राजी, राजीले जित्न नसकेको बाजी
-
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
-
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’