आरटीजीएस कारोबार ११६ प्रतिशतले बढ्यो, असारमा ६४ खर्ब ४५ अर्बको भुक्तानी

काठमाडौँ । बढ्दो डिजिटल कारोबारमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मा ऐतिहासिक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो असार महिनामा आरटीजीएस प्रणालीबाट मात्र ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको हो ।
यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो । २०८० असारमा आरटीजीएस मार्फत जम्मा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको थियो ।
यस्तै समीक्षा अवधिमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मोबाइल भुक्तानी कारोबार २ करोड १३ लाख प्रयोगकर्ता मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार हुँदा विभिन्न वालेट सेवाहरूमार्फत ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सरकारी भुक्तानी साधन कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।
एटीएम (डेबिट कार्ड) तथा क्रेडिट कार्डमार्फत ९७ खर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य