एयर इन्डियाको विमानमा बम राखेको धम्की

नयाँ दिल्ली । बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ । विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो । धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।
जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो । विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो । १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो ।
बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो । तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर जानकारी दिएका थिए ।
स्रोतका अनुसार सबै यात्रु र चालक दल सकुशल छन् । विमानस्थल सञ्चालनमा पनि कुनै अवरोध नआएको बताइएको छ ।
धम्की कसले दियो ? केमा आयो भन्ने जानकारी आउन सकेको छैन । यो घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने