प्रदीप खड्कालाई एयर होस्टेजको पत्र, भनिन्, ‘अमेजिङ पर्सन’

काठमाडौँ । जहाजमा यात्राका क्रममा अभिनेता प्रदीप खड्कालाई एक ‘फ्यान’ले प्रशंसा गर्दै हस्तलिखित पत्र दिएकी छन् । इन्डिगोको विमानमा यात्राका क्रममा उनलाई अरू कसैले नभएर सोही विमानकी एयरहोस्टेजले प्रशंसा गर्दै पत्र दिएकी हुन् ।
प्रदीपलाई ‘मिस्टर खड्का’ भनेर सम्बोधन गर्दै उनले इन्डिगोको विमानमा यात्रा गरेकोमा धन्यवाद दिँदै यात्रा सहज भएको होला भन्ने आशा व्यक्त गरेकी छिन् ।
पत्रमा उनले प्रदीपलाई अमेजिङ ‘पर्सन तथा हम्बल’ भनेर लेखेकी छिन् । पत्रको अन्तिममा आफ्नो नाम एयर होस्टेजले दिपा बताएकी छिन् ।
प्रदीपले यसबारे आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् । उनले पत्र र पत्र लेख्ने दीपाको तस्बिर समेत शेयर गरेका छन् ।
पछिल्लो समय प्रदीपको फिल्म ‘पुजार सार्की’ रिलिज भएको थियो । जसमा उनले मैतेबहादर चरित्र निर्वाह गरेका थिए । उक्त चरित्रबाट उनले प्रशंसा बटुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि