बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेताले नै बेचिदिए राजमार्ग छेउको सार्वजनिक जग्गा

बुधबार, २६ वैशाख २०७५, १८ : २१
बुधबार, २६ वैशाख २०७५

मनोज भुजेल 
इटहरी–दुहबी नगरपालिकामा एक काग्रेस नेताले सार्वजनिक जग्गा बिकी गरिदिएका छन । दुहबी ८ स्थित सोनापुर बजारमा रहेको तिन धुर (ऐलनी) जग्गा तत्कालिन काग्रेस सोनापुर गाबिसका पूर्वसभापति अशोक केसी (खड्क बहादुर कटेल) ले १५ लाखमा बिक्री गरेका हुन । राजमार्गको पूर्व अरिहन्त जुट मिल नजिक रहेको तिन धुर जग्गा स्थानिय श्रवण साहलाई बिक्री गरिदिएका हुन् ।

साहले पसल सञ्चालन गर्नका लागि घर सहितको जमिन केसीमार्फत १५ लाखमा खरिद गर्ने कागजी सहमति गरेका थिए । जसमा बैना स्वरुप केसीले साहसँग पाँच लाख नगद लिइसकेका छन । ५ लाख लिएर पनि उक्त घरमा व्यवसाय संञ्चालन गर्न रोकेपछि केसीसँग साहले आफनो पैसा फिता मागेका थिए ।

साहले आफनो रकम फिर्ता गरिदिन केसीबिरुद्ध दुहबी नगरपालिकामा रहेको न्यायिक समितिमा निवेदन समेत दिएका छन् । साहले दुवै पक्षबीच भएको कागजसहित समितिमा एकहप्ता अघि निवेदन दिएका हुन् ।
पैसा माग गर्दा केसीले एक महिनादेखि झुलाएको र धम्की दिने गरेको साहको भनाई छ । केसीले पैसा फिर्ता दिन नसक्ने र सोही घर र जमिन लिनलाई थप १० लाख बुझाउन आफुलाई भनेको साहले बताए । 

सार्वजनिक जग्गा बिक्री गरेको बिषयमा काग्रेस नेता केसीले बैना लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने बताए । उक्त जमिन आमाले पहिलेदेखि भोगचलन गदै आइरहेको उनको दाबी छ ।  दुवै पक्षबीच २०७४ फागुन २२ गते मितिको लिखितम कागज गरिएको छ । यो विषयमा केसीसँग प्रतिक्रिया लिँदा यो सबै झुठो आरोप भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप