बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जनताका कामलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री यादवको निर्देशन

बुधबार, ०५ भदौ २०८१, २२ : ५९
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिएका छन् ।  आज बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उनले सुन्दरीजलबाट काठमाडौँ जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री यादवले आजै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माण भइरहेको खानेपानीको नवनिर्मित ट्याङ्कीको निरीक्षण तथा अवलोकन गरे । त्यसक्रममा उनले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकका लागि पानीको उचित व्यवस्थापन गर्न निर्देशन दिए । “दर्शकलगायत खेलाडीका लागि यही ट्याङ्कीबाट पानीको व्यवस्थापन गर्नुस्, चाँडो काम सकेर खानेपानी प्रयोग गर्न पाउने अवस्था बनाउन मेरो आग्रह छ”, उनले भने । 

मन्त्री यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्नसमेत निर्देशन दिए । “शुद्ध खानेपानी पाउनु जनताको नैसङ्र्गिक अधिकार हो । त्यसैले सो अधिकार प्रत्यायोजनका लागि भूमिका खेल्नु हाम्रो दायित्व हो ।  त्यसैले काम गरेर देखाउनतर्फ लागौँ”, उनले कर्मचारीसँग भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप