सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुधबार, ०५ भदौ २०८१, २२ : ३४

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो ।
मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र