बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

फोहोर विसर्जनस्थलमा भेटिएको शवको पहिचान खुल्यो

बुधबार, ०५ भदौ २०८१, २१ : ११
बुधबार, ०५ भदौ २०८१

कटारी । उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहोर विसर्जनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो ।

दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गरेका हुन् । “विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भने, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।”

बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहोर विसर्जनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए । “गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए”, ढुङ्गेलले भने, “फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।”

मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप