१० बजे, १० समाचार
आज मिति २०८१ साल भदौ महिनाको ५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- किन घटेन गरिबी ?
केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए ।
- अनिवार्य तथा निःशुल्क शिक्षा
सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ आएको ६ वर्षपछि मात्र सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।
- भ्रष्टाचार निवारण विधेयक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश विकासको एक खम्बा मानिएको निजी क्षेत्रमा प्रवेश गर्ने कानुनी प्रबन्धका लागि लबिङ गर्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण विधेयकमाथि भइरहेको दफावार छलफलमा भाग लिने क्रममा गत साउन ३१ गते आयोगका प्रमुख आयुक्त प्रेम राईले खुलेर निजी क्षेत्रको अनुसन्धान गर्ने क्षेत्राधिकार माग गरे ।
- तेस्रो जनआन्दोलन
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको मुद्दालाई मुख्य एजेण्डा बनाएर सरकार गठन गरेपछि विपक्षी दलहरू सशङ्कित देखिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले परिवर्तनबाट प्राप्त उपलब्धि समाप्त पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।
- नेतृत्वविहीन बोर्ड
पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड ७ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन छ । सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कामचलाउ नेतृत्वको रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएर बोर्डमा पठाएको छ । तर उनी आफ्नै मूल कार्य क्षेत्र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा व्यस्त हुँदा बोर्डको काम कारबाही हेर्न सकेका छैनन् ।
- निजी क्षेत्रको भ्रष्टाचार
निजी क्षेत्रमा हुने भ्रष्टाचारको विषयमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था सुशासन समिति र राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति अलग अलग मतमा छन् । भ्रष्टाचार विरोधी सबैभन्दा सशक्त संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने निजी क्षेत्रमा पनि प्रवेश गर्न पाउनुपर्ने जोडमा लागिरहेको छ ।
- केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निलम्बन गर्ने/नगर्ने विषयमा मतभेद देखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधवार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री र प्रवक्ताबाट कारबाहीमा परिसकेका ढकाललाई साधारण सदस्यबाट निलम्बनको विषयमा नेतृत्वबिच फरक मत देखिएको हो ।
- सुरक्षा थ्रेट
बुधबार बिहानै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा दुई वटा स्टाटस लेखिन् । पहिलो थियो– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षा थ्रेट बढेको र सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीसँग माग ।
- विश्व क्रिकेटका दुःखद घटना
विश्वको दोस्रो लोकप्रिय खेलमा पर्छ, क्रिकेट । कुनै समय केही निश्चित राष्ट्रहरूको वरपर घुम्ने क्रिकेटको अन्तर्राष्ट्रिय परिधि पछिल्लो समय निकै फराकिलो बनेको छ । अहिले विश्वको हरेक कुनामा क्रिकेट निकै लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको छ ।
- प्रचण्डलाई सुझाव
नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष महाधिवेशनमा गएर पार्टीलाई गति दिन सुझाव दिएका छन् । माओवादी केन्द्रको बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले यस्तो सुझाव दिएको नेता लेखनाथ दाहाल राजनले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन