बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ कोशी र बिहार इण्डष्ट्रिज एशोसिएशनबिच भगिनी सम्बन्ध

बुधबार, ०५ भदौ २०८१, २० : ३८
बुधबार, ०५ भदौ २०८१

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारतबिच भगिनी सम्बन्ध कायम भएको छ । 

महासंघका अध्यक्ष राजेन्द्र्र राउत र एशोसिएशनका अध्यक्ष केपिएस केसरीबिच मङ्गलबार पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित भएको हो । उद्योग वाणिज्य महासंघ कोशी प्रदेश निजी क्षेत्रको सबैभन्दा धेरै उद्योगीहरुबिचको सञ्जाल हो । यस्तै बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाले बिहारको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । 

दुई संस्थाबिचको भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन हुने विश्वास गरिएको छ । यस्तै यस सम्बन्धबाट व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ ।

यस्तै आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहने भएको छ । एसोसिएसनबाट एक्स्पोमा कृषिको प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इण्डष्ट्रिज एशोसिएशनका अध्यक्ष केसरीले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतका साथै कोषाध्यक्ष सुवाष आचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरालगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप