हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते चार जनालाई सुर्खेत ल्याइयो

सुर्खेत । बुधबार बिहान हुम्लाको चङ्खेली गाउँपालिका–२, गौरीसल्लामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । सिम्रिक एयरको हेलिकप्टोरमार्फत उनीहरूलाई प्रदेश अस्पतालमा ल्याएर उपचार भइरहेको हो ।
हुम्ला प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर चङ्खेली गाउँपालिका–२, गौरीसल्ला भन्ने ठाउँबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ७ जनामध्ये गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२, सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र छायानाथरारा नगरपालिका–१३, का रमेश मल्ल, १ का पृथ्वी रावतलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
उपचारत उनीहरूको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल बुधबार बेलुका अस्पतालमै पुगेका छन् । कँडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिई उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन