बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामराज्यको पाँचौँ शृङ्खला : स्विट्जरल्यान्ड कसरी बन्यो विश्वकै धनी

बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को पाँचौँ शृङ्खलामा ठुला देशको चेपुवामा परेर पनि विकासमा छलाङ मारेको स्विट्जरल्यान्डको शक्ति के हो भनेर सविस्तार वर्णन गरिएको छ । परम्परागत शक्ति इटली, फ्रान्स, जर्मनी र अस्ट्रियाले घेरिएको सानो र एक भूपरिवेष्टित देश स्विट्जरल्यान्ड विश्वका धनी देशमध्ये एक हो । 

प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र राजनीतिक तटस्थताको अद्वितीय मिश्रणले स्विट्जरल्यान्ड एक आकर्षक देशका रूपमा स्थापित छ । विश्वकै तटस्थ देशको परिचायक स्विट्जरल्यान्डले कुनै पनि युद्धमा कसैको पक्षधरता नलिएकाले नै लिँदै सम्पन्नशाली देशको सूचीमा पुगेको हो ।

साना देशले ठुला छिमेकीको मामिलामा तटस्थ बस्दा कस्तो फाइदा लिन सक्छन् भन्ने उदाहरण बनेको स्विट्जरल्यान्डबारे बुधबारको शृङ्खला  केन्द्रित छ । हरेक बुधबार प्रसारण हुने कार्यक्रम रामराज्यकाे चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त प्रस्तुत गरिएको थियो ।

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिएको छ । रातोपाटीले हरेक हप्ता विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरेको छ ।

पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह संसारभर प्रशंसित रहेकोबारे सामाग्री प्रसारण गरिएको थियो ।

यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ शृङ्खलामा १२ देशको कथा समेट्ने योजना रहेको रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि  रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया