सिधा कुरालाई ‘अडियो’ उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ
![सिधा कुरालाई ‘अडियो’ उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/aparadh-mahasakha_tYOvcEaSGZ.jpg)
काठमाडौँ । सिधाकुरा डटकमलाई अडियो उपलब्ध गराइदिने राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उनले उपलब्ध गराएको अडियोको हवाला दिएर सो अनलाइनले प्रसारण गरेको ‘डार्क फाइल’ कार्यक्रम विवादमा परेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो परीक्षणबाट ‘फेक’ पुष्टि भएको छ । तिमल्सिनालाई बैंकिङ्ग कसुर लगायतका मुद्दामा फरार रहेको भेटेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
डार्क फाइल प्रकरणमा पनि उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिएनन् । बैंकिङ्ग कसुरका दुई वटा मुद्दामा उनी फरार रहेको एसएसपी भट्टराईले बताए ।
पछिल्लो समय उनले ‘आत्मदाह गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । उनलाई बिहीबार अदालत उपस्थित गराइने भट्टराईले बताए । तिमल्सिना पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा