बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी जेल चलान

बुधबार, ०५ भदौ २०८१, १९ : ५३
बुधबार, ०५ भदौ २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । 

उनी भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका थिए । नकर्मीसँगै सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् । 

यसअघि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका सदस्य भविश्वर अर्याल, प्रमोद भट्टराई र पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागारमा छन् । ४४ जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् ।

बाँकी ३८ जनाको खोजी भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार गरिएको छ । गुरुङ र दर्लामी थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप