अवकाशमा जान लागेका एसएसपी सहितका प्रहरी अधिकृतहरू सर्वोच्चमा

काठमाडौँ । प्रहरीमा भएको ३० वर्षे सेवा अवधि तत्काल हटाउन माग गर्दै प्रहरी वरिष्ठ उपरीक्षकसहितका अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ३० वर्षे सेवा अवधि खारेज गर्नुपर्ने मागसहितको रिट दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठ समेतका वारेस कुमार बस्नेतले रिट दायर गरेका हुन् ।
नेपाल प्रहरीमा जनपद समूह तर्फ र सशस्त्र प्रहरीमा ठुलो संख्याका उच्च अधिकृतहरू अवकाशमा जाँदै छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन् । सशस्त्र युद्धमा लडेका उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर संगठनबाट बिदा हुन लागेका हुन् ।
अवकाश हुन लागेका अधिकांश अधिकृतहरू ५० वर्ष हाराहारीका छन् । कम उमेरमा अवकाशमा पठाउन लागिएको भन्दै उनीहरुले ३० वर्षे सेवा अवधि रिट दायर भएको मितिबाटै लागु नहुने आदेश गर्न माग गरेका छन् । सर्वोच्चमा दायर रिटमा भनिएको छ, ‘अनिवार्य अवकाश हुने भनी दिइएका पत्रहरुको निवेदनको अन्तिम टुंगो नलागुन्जेल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिपाऊँ ।’
अवकाश र सेवा अवधिको गणना गर्ने विषय ऐनमा नै तत्काल व्यवस्था गर्न माग गर्दै उनीहरूले अध्यादेश मार्फत कानुन ल्याउन परमादेशको आदेश जारी गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु