मन्त्रालयसँग एक लाखभन्दा बढी मेट्रिक टन मल मौज्दात
बुधबार, ०५ भदौ २०८१, १९ : ०९

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक लाख बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले आज पछिल्लो पटकको मलको विवरण सार्वजनिक गर्दै १ लाख २३ हजार १६८ मेट्रिक टन मल मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयसँग मौज्दात रहेको मलमध्ये युरिया ७१ हजार ४६१ मेट्रिक टन छ । यस्तै, डीएपी ४३ हजार ८६८ मेट्रिक टन र पोटास ७ हजार ८३८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग २३ हजार ८९१ मेटिक टन र कृषि सामाग्री कम्पनी लिमिडेटसँग ९६ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
यो वर्षको धान रोपाइँमा मलको अभाव देखिएन । १३ लाख हेक्टर क्षेत्रफल बढीमा धान रोपाई सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म