बहुउद्देश्यीय जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा : विष्णु पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बहुउद्देश्यीय आयोजनाहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
बुधबार जलविद्युत्मा लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ऊर्जा, सिँचाइ, पर्यटन लगायतमा उपयोग हुनेगरी अब जलविद्युत् आयोजना बनाउनुपर्ने जोड दिएका हुन् ।
उनले विगतमा जलविद्युत् आयोजनाहरू बनाउँदा सरकार र निजी क्षेत्र दुवैबाट गल्ती भएको बताए । मन्त्री पौडेलले भने, ‘विगतमा हामीले आयोजना बनाउँदा थुप्रै गल्ती गर्यौँ । अब त्यसो हुँदैन, सरकारले बहुउपयोगी जलविद्युत् आयोजना बनाउने कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।’
पौडेलले नेपालको समृद्धिको बलियो साधन जलस्रोत भएको बताए । नदी प्रणालीको सही उपयोग गरेर यसबाट फाइदा लिनुपर्ने पौडेलले बताए । उनले भने, ‘प्रकृतिले सित्तैमा दिएको अथाह सम्पत्ति हामीसँग छ । यसलाई सरकारले चिनेको छ । निजी क्षेत्रसँग मिलेर हामी ऊर्जाको विकासमा तीव्र गतिमा अगाडि बढ्ने छौँ ।’
मन्त्री पौडेलले आयोजना निर्माणसँगै ट्रान्समिसन लाइनको निर्माण सरकारको उत्तिकै प्राथमिकतामा रहेको बताए । ‘ट्रान्समिसन लाइनविना आयोजना बनाउनुको कुनै अर्थ छैन । त्यसकारण पहिले आन्तरिक खपत अनि ठुलो मात्रामा निर्यातको योजनासहित सरकार अगाडि बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने