४२ जना महिलाको हत्याका संदिग्ध जेलबाट फरार

नैरोबी । ४२ जना महिलाको हत्याका एक संदिग्ध केन्याको जेलबाट भागेका छन् । केन्याली प्रहरीका अनुसार ३३ वर्षका कोलिन्स जुमाइसी खालुशा नाम गरेका ती संदिग्धले ४२ जना महिलाको हत्या गरेको भनेर आफैँ स्वीकारेका थिए ।
केन्याको राजधानी नैरोबीमा महिलाको शव र टुक्रा टुक्रा अवस्थामा शरीरका हिस्साहरू भेटिएपछि उनी पक्राउ परेका थिए ।
अनधिकृत रूपमा केन्यामा बसेको आरोपमा पक्राउ परेका १२ अन्य इरिट्रियन नागरिकको साथमा खालुशा फरार भएको अपराध अनुसन्धान निर्देशनालयका प्रमुख मोहमद आमिनले बताएका छन् । यस मामिलामा ड्यटीमा रहेको ८ जना प्रहरी अधिकारीलाई कारबाही गरिएको कार्यवाहक प्रहरी महानिरीक्षक गिलबर्ट मासेन्गेलीले बताए । बन्दीहरू मंगलबार बिहान भागेका थिए । बिहानको खाजा खाने समयमा मात्रै बन्दीहरू भागेको थाहा भयो ।
खालुशामाथि हत्याभियोग लगाउनु अघि थप ७ दिन अनुसन्धान गर्न एक अदालतले जासुसहरूलाई अनुमति दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ । जुलाईमा नैरोबीको क्वारे क्षेत्रमा प्लाष्टिकका बोरामा १० वटा शव र शरीरका कयौँ हिस्साका टुक्रा भेटिएपछि प्रहरीले खुलाशालाई समातेको थियो । खुलासाले आफ्नी श्रीमती समेत ४२ जनाको हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । आफ्नो क्लाइन्टलाई सहनै नसक्ने पीडा दिएर नगरेको अपराध स्विकार्न बाध्य पारिएको खुलाशाका वकिलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल