आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

तनहुँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, ०५ भदौ २०८१, १७ : ४७
बुधबार, ०५ भदौ २०८१

पोखरा । पृथ्वी राजमार्गको तनहुँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझ पहाड सहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा ठप्प भएको हो ।

व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको तनहुँ प्रहरीले जनाएको छ । यहाँ सडक स्तरोन्नतीका क्रममा कटान गर्दा पहाड चिरिएको थियो ।

सोही कारण बर्खाअघि यस क्षेत्रमा सडक कालोपत्रे समेत नगरिएको हो । अहिले चिरिएको पहाड खसेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप