नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुंगा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।
वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले बुधबार बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौबिसे खण्ड प्रभावित भएको थियो ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
“कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,” उनले भने ।
नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।
नागढुंगा प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुंगामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधन ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडौँ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्पछि सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरेको छ : प्रधानमन्त्री
-
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने
-
अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)
-
बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुग्यो
-
बाढी पहिरो प्रभावितलाई विशिष्ट श्रेणीका पदाधिकारीले ५ दिनको तलब दिने
-
ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो