गाजाको विद्यालयमा इजरायली आक्रमण, १२ जनाको मृत्यु

रफाह । इजरायली सेनाले गाजा सहरको अर्काे विद्यालयमा आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित रक्षा प्राधिकरणले सो आक्रमण भएको दाबी गरेको हो । यस हमलामा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजाको पश्चिमी रिमाल इलाकामा रहेको मुस्तफा हाफेज विद्यालयमा भएको आक्रमणपछि उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका थप व्यक्तिहरूको खोजी गरिरहेको प्राधिकरणका प्रवक्ताले बताएका थिए ।
यही विद्यालयभित्रबाट हमासको कमान्डर र कन्ट्रोल सेन्टर सञ्चालन भइरहेको र यसैलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ । यसअघि पनि इजरायलले यस क्षेत्रका केही विद्यालयमा आक्रमण गरिसकेको छ ।
यी विद्यालय हमास लडाकुहरूको अड्डा बनेको दाबी इजरायलले गर्दै आएको छ । यसअघि इजरायली सेनाले गाजापट्टी क्षेत्रबाट ६ जना बन्धकको शव फेला पारेको दाबी गरेको थियो । गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेर हमासले झन्डै २५० जनालाई बन्दी बनाएर लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा