इङ्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगे मिडफिल्डर गालाघर

काठमाडौँ । विभिन्न चरणको वार्तापछि अन्ततः इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली मिडफिल्डर कोनोर गालाघर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन् ।
लामो समयदेखि उनी एट्लेटिकोमा आबद्ध हुने चर्चा चले पनि अहिले आएर त्यसले पूर्णता पाएको हो । कोनोर गालाघरलाई भित्राउन एट्लेटिको म्याड्रिडले तीन करोड ३० लाख पाउण्ड खर्चिएको समाचारमा जनाइएको छ ।
२४ वर्षीय गालाघरले एट्लेटिको म्याड्रिडसँग पाँच वर्षका लागि सम्झौता गरेका हुन् । गालाघर केवल ६ वर्षको हुँदा चेल्सीमा आबद्ध भएका थिए । सन् २०१९ मा चेल्सीको सिनियर टोलीमा ‘डेब्यू’ गरेका उनले क्लबका लागि ९० खेल खेल्दै १० गोल गरेका छन् ।
चेल्सीमै रहँदा उनले ऋणमा चार्लटन, स्वान्सी सिटी, क्रिस्टल प्यालेसलगायतका क्लबबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । यसै महिनाको प्रारम्भमा गालाघरले म्याड्रिडको पाँच दिने भ्रमण गरेका थिए । सोही समयमा उनले एट्लेटिको छलफल गरेको अनुमान गरिएको छ ।
उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि १८ खेल खेलिसकेका छन् । सन् २०२१ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका उनी सन् २०२२ को विश्वकप र सन् २०२४ को युरो कपमा पनि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]