बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चिया निर्यात अनुदानको २० लाख ३६ हजार रुपैयाँ निकासा

बुधबार, ०५ भदौ २०८१, १५ : ४५
बुधबार, ०५ भदौ २०८१

काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ईआईएफ नगद अनुदानबापत पहिलो किस्ताको रकम निकासा फुकुवा भएको छ । महालेखा नियन्त्रण कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय सिंहदरबारलाई पत्र लेख्दै आर्थिक वर्ष २०८१/८२ को पहिलो किस्ता बापत २० लाख ३६ हजार ९४५ रुपैयाँ निकासा फुकुवा गरेको हो । 

दातृ निकाय ईआईएफ नगद अनुदान शीर्षकमा सरकारले कूल १ करोड २५ लाख रुपैयाँ वार्षिक बजेट छुट्याएको छ । सोही बजेटबाट महालेखा नियन्त्रक कार्यालयले पहिलो चरणमा १६.३० प्रतिशत निकासा फुकुवा दिएको हो ।

उक्त अनुदान सम्बन्धी वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम ननाघ्ने गरी निकासा व्यवस्था हुने भनी २०८१ साउन ३२ गतेको पत्रानुसार २०८१/८२ को लागि चिया निर्यात प्रवर्द्धन अनुदान कार्यक्रमको पहिलो किस्ता निकासा फुकुवा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप