हिमालयन गानादा फुटसल गोल्डकपको विजेतालाई २ लाख नगद पुरस्कार
काठमाडौँ । हिमालयन फुटबल क्लबको आयोजनामा यसै महिना काठमाडौँमा ‘हिमालयन गानादा फुटसल गोल्डकप’ आयोजना हुने भएको छ । प्रतियोगितामा गानादा एजुकेशनल कन्सल्टेन्सीको सह–आयोजनामा हुन लागेको हो ।
प्रतियोगिता भदौ २० र २१ गते सञ्चालन हुनेछ । फुटसल खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी क्लबका अध्यक्ष बिनोद कार्कीले बुधबार आयोजित पत्रकारसम्मेलनमा दिए ।
प्रतियोगितामा देशका विभिन्न भागबाट फुटसल टोली सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कम्तिमा ३२ टोलीको सहभागिता रहने बताइएको छ । काठमाडौँ, धरान, नारायणगढ, बुटबललगायतका स्थानबाट टोलीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफीका अतिरिक्त दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो स्थान हासिल गर्ने टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
यसैगरी, फेयर प्ले टोलीलाई पनि २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलरक्षकले पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न कम्तिमा सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीहरुको सँख्या र खेल तालिका छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
प्रतियोगिताको सह–आयोजक गानादा एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सपराज राईले शैक्षिक गतिविधिसँगै युवालाई खेलकुद क्षेत्रतर्फ पनि आकर्षित गर्ने उद्देश्यले आफ्नो संस्थाले प्रतियोगितामा सहयोग गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर