इरानमा बस दुर्घटनामा परेर २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु
बुधबार, ०५ भदौ २०८१, १३ : १२

तेहरान । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो । बसको ब्रेकमा समस्या आएपछि बस पल्टिएर आगो लागेको बताइएको छ ।
यस घटनामा अरू २३ जना घाइते भएका छन् । यसमा पनि सात जनाको अवस्था गम्भीर रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन विभागका निर्देशकले सरकारी टिभीलाई भनेका छन् । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इरान भएर इराकको कार्बाला सहर जाँदै थिए ।
घटनाको समयमा बसमा ५३ जना सवार रहेको बताइएको छ । यस घटनामा परेर मर्नेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर