प्राकृतिक विपत्ति
कैलालीमा एक सय बढी घर डुबानमा
बुधबार, ०५ भदौ २०८१, १३ : ०३

धनगढी । लगातारको वर्षाले कैलालीमा एक सय बढी घर डुबानमा परेका छन् । बुधबार जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका हुन् ।
जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । पालिकाको विपद् फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नं. ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन् ।
त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै