बाराक ओबामाले ट्रम्पलाई भने खतरनाक, कमला ह्यारिसको गरे प्रशंसा

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका छन् । मंगलबार अमेरिकाको शिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ह्यारिसको प्रशंसा गर्दै उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई भने खतरनाक भने ।
‘ट्रम्पले आप्रवासीसँग सम्बन्धित ती सम्झौताहरू खारेज गरिदिए जसमार्फत हाम्रो दक्षिणी सीमानालाई सुरक्षित राख्न मद्दत मिल्थ्यो’ ओबामाले भनेका छन् । समस्या समाधान गर्ने प्रयास गर्दा आफ्नो चुनावी अभियानलाई असर पर्ने देखेर उनले यस्तो गरेको पनि ओबामाले भनेका थिए ।
कमला ह्यारिसबारे के भने ?
‘अमेरिका नयाँ अध्यायको लागि तयार छ । हामी ह्यारिसको लागि तयार छौं । ह्यारिस पनि तयार छन्’ ओबामाले भनेका छन् । नोभेम्बरमा हुने निर्वाचनमा के हुन्छ होला भनेर सारा विश्वले हेरिरहेको पनि उनले बताए । अधिकांश जनता विभाजित देशमा बस्न नचाहने भएकोले आफूहरूले केही राम्रो चाहेको उनको भनाइ छ ।
‘हाम्रो काम भनेको जनतालाई लोकतन्त्रले धेरै गर्न सक्छ भन्ने कुरामा विश्वस्त पार्नु हो र कमला ह्यारिसले यो कुरा राम्ररी बुझ्छिन्’ उनले भने । डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनमा बिहीबार औपचारिक रूपमा कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा चयन गरिँदैछ । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको सामना गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा